Logo

विप्लव समूहको गतिविधि स्पष्ट छैन : महासचिव बैद्य



Spread the love

६ साउन, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताए ।

जनकपुरधाममा आज एक आयोजित पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै बैद्यले विप्लव जनक्रान्ति गरिरहेका छन् कि जनसङ्घर्ष स्पष्ट हुन नसकेको बताएका हुन् ।

सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरूमाथि व्यवहार गरिरहेको वैद्यको भनाइ रहेको छ । विप्लव समूहमाथि प्रतिबन्धको निर्णय राजनीतिक नभएको भन्दै वैद्यले यो समस्याको समाधान राजनीतिक ढङ्गले मात्र निकाल्न सकिने बताए ।

हालको कम्यनिष्ट सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै उनले आफूहरू जनसङ्घर्षको पक्षमा रहेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बाटो बिराएको भन्दै उनले त्यसैले सरकारबाट जनआकाङ्क्षा पूरा हुन नसक्ने जिकिर गरेका छन् ।

बैद्यले वर्गीय मुक्ति, पहिचानका साथै मधेसी, मुश्लिम, दलित, आदिवासी जनजातीको अधिकार अझै पूरा हुन नसकेको बताउँदै सरकारको ध्यान अझै यस्ता विषयमा नगएको आरोप लगाएका छन् । अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै उनले सङ्घीयता पनि त्यस्तै रहेको बताउँदै मुलुकमा सङ्घीयता लागू गरे पनि प्रदेशहरू स्वायत्त नबनाएको नेता बैद्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्