Logo

कमजोरी सच्याएर अघि बढ्नुपर्छ : अध्यक्ष प्रचण्ड



Spread the love

७ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।

४१ औँ पुष्पलाल स्मृति दिवसमा कीर्तिपुर चम्पादेवीमा आज सञ्चालन कार्यक्रममा उपस्थित जनाउँदै प्रचण्डले आफैँभित्र देखिएका कमजोरी सच्याउने सङ्कल्प गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीमा देखिने कमी कमजोरी सच्याउने सङ्कल्प गर्नुपर्छ l पुष्पलाललाई सम्झनुको अर्थ हामीले आफैँभित्र देखिने कमीकमजोरी सच्याउने कुरा पनि हो । आफैँलाई धोई पखाली गरेर सफा गर्ने कुरा पनि हो ।’

पार्टी एकतालाई सुदृढ गरेर जनता माझ जाने बताउँदै पार्टी एकता हुनै सक्दैन भन्नेहरूलाई एकता गरेर देखाइ दिएको दाहालको भनाइ छ l

प्रतिक्रिया दिनुहोस्