Logo

नेपाली काँग्रेस र राजपा संसद् खुलाउन सहमत



Spread the love

८ साउन, काठमाडौँ l नेपाली काँग्रेस र राजपा नेपाल संसद्को अवरोध खुलाउन सहमत भएका छन् ।

निरन्तर संसद् अवरोध गर्दै आएका काँग्रेस र राजपाले नै आज संसद्मा बाढी पहिरोसम्बन्धी विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

आज २ बजे बस्ने संसद् बैठकमा उक्त जरुरी सार्वजनिक महत्वको विषयमा वार्ता हुने र गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिने गरी दलहरूबिच सहमति भएको हो ।

संसद् बैठक सञ्चालन गर्ने भएको विषयमा आज भएको छलफलमा सभामुख कृष्णबहादुर महराले पूर्वनिर्धारित कार्यसूचीलाई हटाएर जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सहमत भए । नेपाली काँग्रेसले संसद् बैठक चलाउन दिन सहमति जनाए ।

प्रतिक्रिया दिनुहोस्