Logo

नेकपाले यस कारण बोलायो संसदीय दलको आकस्मिक बैठक



Spread the love

८ साउन, काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तारुढ दल नेकपा संसदीय दलको आकस्मिक बैठक सुरु भइसकेको छ ।

नेपाली काँग्रेस र राजपाले बाढी, पहिरो, डुबान लगायत बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने विषयमा सभामुख सहमत देखिएपछि नेकपा संसदीय दलको बैठक बसेको हो ।

आजै सुरु हुने संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न बैठक बसेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् । काँग्रेस र राजपा गठबन्धन गरे पश्चात् कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बैठक बसेको एक सांसदले बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्