Logo

भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्यौं : सभापति देउवा



Spread the love
 

८ साउन, काठमाडौँ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा भएको डुबानको समस्या समाधान गर्न भारतसँग कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे ।

सभापति देउवाले भारतसँग कुरा गरेर डुबानको स्थायी समाधान खोज्न आग्रह गरेका हुन् । संसदमा कांग्रेस-राजपाले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा आफ्ने मन्तव्य राख्दै सभापति देउवाले एकअर्कालाई गाली गरेर मात्रै समस्याको समाधान हुन नसक्ने बताएका छन् ।

उनले भने, ‘अब भारत सरकारसँग कूटनीतिक तबरले कुरा गर्नुपर्ने बेला आएको छ l एकले अर्कालाई गाली गरेर मात्रै केही हुँदैन। दुवै पक्षले छलफल गरेर दीर्घकालीन समस्याको समाधान खोज्नुपर्छ ।’ सो विषयको बारेमा सरकारले चासो नदेखाएको उनको आरोप छ । उनले भने, ‘तर सरकारले केही मतलब गरेन l ‘

सभापति देउवाले देशमा बाढी पहिरोले भयावह अवस्था आउँदा पनि सरकार थाहा नभए जस्तै गरी बसेको आरोप लगाएका छन् । उनले भने, ‘पीडितको टहरामा बास छ । खद्यन्न छैन । लत्ताकपडा छैन । सरकारको पहिलो दायित्व नै खाद्यन्न, लत्ताकपडा पुर्‍याउनु हो l ‘यस्तो भयावह अवस्था छ । तर त्यहाँ स्थानीय सरकार पनि पुगेको छैन । जनतालाई दुःख परेको बेला सरकार प्रमुख नै त्यहाँ पुगेर जनताको सेवा गर्नुपर्ने हैन र !’

खोलाले तठबन्ध भत्काएर गाउँ पस्दा पनि सरकारले समस्याको दीर्घकालीन समाधान नखोजेको आरोप सभापति देउवाले लगाएका छन् । हेलिकप्टरमा जाँदैमा जनताको दुःख कम नहुने देउवाको भनाइ छ । उनले भने, ‘सरकारी टोली पठाएर वा के गरेर हुन्छ । त्यहाँको वास्तविक कुरा ल्याउनुपर्छ l सरकारले छिटो गरेन भने हामी अरू कदम पनि उठाउछौँ ।’

प्रतिक्रिया दिनुहोस्