Logo

जनतासँग माछा र पानीको जस्तो सम्बन्ध रहनुपर्छ : नेता नेपाल



Spread the love

९ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता धरापमा रहेको भन्ने भनाइमा सत्यता नरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा सहभागिता जनाउदै उनले भने, ‘पार्टी धरापमा छ भन्ने कुरामा सत्यता छैन l ‘पार्टी बलियो जगमा छ ।’

नेता नेपालले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई फलामे एकता भएको बताउदै कुनै पनि हालतमा नटुट्ने दाबी गरेका छन् । उनले भने, ‘यो फलामे एकता हो, भत्किँदैन l

उक्त आयोजित कार्यक्रममा नेता नेपालले पार्टी एकता रातारात नभएको दाबी गरेका थिए । उनले भने, ‘पार्टी एकता गरेर ठीक बाटो समातेका छौं l सबै तहको एकताको काम चलिरहेको छ ।’

गल्ती र कमजोरी सुधार्दै गए नेपालमा कम्युनिस्टको विकल्पको कल्पना गर्न नसकिने समेत नेता नेपालले बताएका छन् l उनले भने, ‘जनतासँग माछा र पानीको जस्तो सम्बन्ध रहनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्