Logo

केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउँछ : नेता श्रेष्ठ



Spread the love

९ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने बताए ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित जनाउँदै नेता श्रेष्ठले भने, ‘राजनीति प्रतिवेदन प्रकाशित भएसँगै हाम्रो वैचारिक राजनीति स्पष्ट भएको छ ।

पार्टीको अन्तर–सङ्घर्षलाई अतिरञ्जित गर्ने प्रवृत्ति छ । त्यो हुनु हुन्न । कसैलाई पनि त्यो गर्ने छुट छैन ।’ नेता श्रेष्ठले समाजवाद उन्मुख जनताको जनवाद लागु गर्नुपर्ने बताउँदै त्यसका लागि पार्टी एकताले पूर्णता पाउनु पर्ने बताएका छन् l

नेकपाको पार्टी एकता अन्तिम चरणमा पुगेको बताइएता पनि स्कुल विभागको नेतृत्वको विषयलाई लिएर सहमति जुट्न सकेको छैन । जसले गर्दा केन्द्रीय सचिवालय बैठक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्