Logo

स्कुल विभागमा सदस्य भुसालको दाबी



Spread the love

साउन, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागमा आफ्नो दाबी रहेको बताए ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आज भैरहवामा सञ्चालन गरेको पत्रकार भेटघाट कार्यक्रम सहभागिता जनाउँदै सदस्य भुसालले पार्टीको नवौँ महाधिवेशनदेखि नै स्कुल विभागमा आफ्नो दाबी रहेको बताएका हुन् ।

त्यति बखत गुटबन्दीका कारण स्वयंले जिम्मेवारी नपाएको उनको भनाइ छ । उनले भने, ‘मलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्छ भनेर विगतमा अध्यक्षले नै भन्नुभएको थियो, तर उहाँ स्वयंले नै राख्नुभयो, त्यो पटक्कै राम्रो होइन ।’

भुसालले अघि भने ‘विभागले माक्र्सवाद, समाज, समाजको अर्थ राजनीति पढाउने काम गर्छ, जुन मैलै गरेका कामहरूमध्ये धेरै लगाव त्यसैमा छ ।’

सदस्य भुसालले अहिले स्कुल विभागको विषयमा भइरहेको छलफल सकारात्मक रहेको भन्दै राम्रो निर्णय हुने वा नहुने अहिले नै भन्न नसकिने बताएका छन् ।

‘ढिलो भए पनि पद्धति स्थापित भएको छ, बहस र छलफल भएको छ, राम्रो निर्णयमा पुग्छ, पुग्दैन, त्यो विषय भन्दा पनि प्रक्रियागत हिसाबले कमसेकम छलफल हुने कुरा नै सकारात्मक हो ।’

अहिले नेकपाको स्कुल विभागमा सचिवालय सदस्यहरू नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गर्दै आएका छन् । स्वयंले जिम्मेवारी नपाउँदा स्कुल विभाग नै बिग्रन्छ भन्ने मान्यता नरहेता पनि यसका बारेमा छलफल भए राम्रो हुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्