Logo

प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुखसँग भेट गरेका छैनन् : मन्त्री बास्कोटा



Spread the love

९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख समान्तकुमार गोयलसँग भेट नगरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

आज मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले रअसँग भेट नगरेता पनि भेट गरेझैं गरी मूलधारका मिडियाले हल्ला फैलाएको आरोप लगाएका छन् ।

मन्त्री बास्कोटाले भने, ‘प्रधानमन्त्रीले रअका प्रमुखसँग भेट्नुभएको छैन । मिडियाले हल्ला फैलाएको मात्रै हो l मूलधारका मिडिया कुइरी मण्डलको खेतीमा नरुमलिउँ ।’

मन्त्री बास्कोटाले प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको बताएका छन् l उनले भने, ‘नेपाल सुन्दर देश छ, पशुपति छ । यहाँ घुम्न मान्छेहरू आइराख्छन्र l रअको प्रमुखलाई भेटेर कोही पनि रअका पक्षका हुँदैनन् होला नि होइन त? फेरि किन कर्मचारीलाई भेटिराख्ने? कसैले भेटेको भएता पनि कूटनीतिक मर्यादाअनुसार नै भेट गर्नुपर्ने मन्त्री बास्कोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्