Logo

निर्मला हत्याकान्डका दोषीलाई पक्राउ गर्न नसक्नु नै सरकारको ठुलो असफलता : नेपाली काँग्रेस



Spread the love

९ साउन, काठमाडौँ l कञ्चनपुर निवासी निर्मला पन्तको हत्याका दोषीलाई एक वर्ष पुग्दा पनि पक्राउ गर्न नसक्नु सरकारको ठुलो असफलता भएको नेपाली काँग्रेसले जनाएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा घटना भएको वर्ष दिन पुग्दै गर्दा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिले समेत सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाउँदै तत्काल बालिकाको दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्