Logo

पूर्वराजा शाह ‘रअ’ का प्रमुखसँग नभेटेको सहयोगी पाठकलेको दाबी



Spread the love

१० साउन, काठमाडौँ l पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयलसँग स्वयंले भेट नगरेको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका सहयोगी डा. फणिराज पाठकले आज विज्ञप्ति जारी गर्दै ‘रअ’ प्रमुखसँग भेट नभएको स्पष्ट पारे । अनलाइनले पूर्वराजा ज्ञानेन्द्रले मध्यरातमा ‘रअ’ प्रमुखसँग भेट गरेको भन्दै समाचार प्रकाशित गरेकोमा आपत्ति जनाउँदै भेट नभएको दाबी उनले गरेका हुन् ।

पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झुटो भएको जानकारी गराउन चाहन्छु l यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार सम्प्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनुहोस्