Logo

नेकपाको सचिवालय बैठक आज पनि स्थगित



Spread the love

१२ साउन, काठमाडौँ l सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज पनि स्थगित भएको छ ।

स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा बारम्बार स्थगित हुँदै आएको सचिवालय बैठक पुन : स्थगित भएको हो ।

नेकपाको सचिवालय बैठक भोलि दिउँसो ३ बजे बस्ने बताइएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आएता पनि अझै सहमति भने हुन् सकेको छैन ।

आज बिहान पनि दुई अध्यक्षबीच छलफल भएको थियो । पार्टी स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । दुवै नेताले आफ्नो अडान नछाड्ने पार्टी एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्