Logo

सरकारले नेपाल–भारतबीचको व्यापार र लगानीलाई उच्च प्राथमिकता दियो : प्रधानमन्त्री ओली



Spread the love

१२ साउन, काठमाडौँ l नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको पनि बताए l

आजबाट काठमाडौँमा सुरु भएको ‘नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दुवै मुलुकको आर्थिक विकास र जनतासँगको सम्बन्धलाई विस्तार गर्न पनि पारवहन सहजीकरणमा जोड दिनुपर्ने स्पष्ट पारेका छन् ।

नेपालको व्यापारको ठुलो हिस्सा भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढङ्गले अघि बढाउनु पर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्री ओलीले छोटो समयमै नेपालमा सहज ढङ्गले सामानहरूको ढुवानी हुने गरी पारवहन सहजीकरण गर्न भारतीय पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको पनि बताएका छन् ।

उक्त कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताउँदै २ दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरू, सरकारी पदाधिकारीहरूले दुई मुलुकबीच हुने आयात÷निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्