Logo

पार्टीको महाधिवेशन निर्धारित मितिमै हुन्छ : यादव



Spread the love

 

१२ साउन, काठमाडौँ l पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले स्पष्ट पारेका छन् ।

यादवले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौँ । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’ आज रिपोर्टर्स क्लब नेपालले सञ्चालन गरेको साक्षात्कारमासहभागिता जनाउँदै यादवले आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि सुनाएका छन् ।

उनले भने,‘पार्टीको आन्तरिक सङ्गठन सवलीकरण र मजवुद पार्दै अघि बढ्नुपर्छ । नीति तथा सिद्धान्तलाई लागु गर्नुपर्छ ।’ आफ्नो पार्टी तेस्रो ठुलो शक्तिको रूपमा संसद्मा रहेकोले सोहीअनुसार सार्थक र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको पनि उनले सुनाएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सञ्चालन साक्षात्कारमा उपस्थित जनाउँदै संयोजक यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाएका छन् । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई सङ्कुचित गर्दै अघि बढेको छ ।

संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौँ ।’ उनले लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा नेपाली कांग्रेससँग एक स्थानमा रहने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्