Logo

बालुवाटारमा पूर्वएमालेका नेताको छुट्टै छलफल



Spread the love
 

१३ साउन, काठमाडौँ l पूर्वएमाले समूहको बैठक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।

आज बिहान बालुवाटारमा बसेको बैठकमा नेकपाका ३३ वटा विभागमध्ये ३२ वटा विभागको भागबन्डा मिलिसकेको र स्कुल विभागमा देखिएको समस्याबारे वार्ता भएको जानकारी बालुवाटार स्रोतले दिएको छ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वएमाले तर्फका नेताहरू उपस्थित छन् ।

उक्त बैठकमा ओली नेतृत्वको सरकारको कार्यको समीक्षा पनि भएको बताइएको छ । बालुवाटार श्रोतले भन्यो, ‘बालुवाटारमा पूर्वएमालेका नेताहरूबिच छलफल भएको हो, बैठकमा पार्टीको स्कुल विभागमा देखिएको समस्या, सरकारको काम र भावी रणनीतिबारे छलफल भइरहेको छ ।’

स्कुल विभागको विवादका कारण यसअघि बस्ने भनिएको सचिवालय बैठक २ पटक स्थगित भएको अवस्थामा पूर्वएमाले समूहको बालुवाटार छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ । यी दुई नेताले आफ्नो अडान नछाडेपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तीन विकल्पमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्