Logo

स्कुल विभाग कसले पाउने पूर्वएमाले कि पूर्वमाओवादी केन्द्रले : भुसाल



Spread the love

१३ साउन, काठमाडौँ l नेकपाको वैचारिक नेता तथा मार्क्सवादका अध्येता घनश्याम भुसालले स्कुल विभाग पूर्वएमालेलाई दिने कि, पूर्वमाओवादी केन्द्रलाई दिने पहिले त्यस बारेमा टुङ्गो लगाउनु पर्ने उनको भनाइ छ l

उनले भने, “स्कुल विभाग पूर्वमाओवादी केन्द्रले पाउने हो कि, पूर्वएमालेले पाउने हो, त्यो टुङ्गो लगाइनुपर्थ्यो । भागबन्डा गर्दा पनि त्यसरी गर्नुपर्थ्यो । त्यो नटुंग्याई व्यक्ति को बनाउने भनेर छलफल थाल्दा समस्या भयो l ”

उनले स्कुल विभाग पूर्वमाओवादी केन्द्रले लिने टुङ्गो लागे पूर्वएमालेभित्र अन्य विभागमा वार्ता हुने र पूर्वएमालेकै भागमा परे स्वयंले दाबी नछाड्ने स्पष्ट परेका छन् ।

भुसालले भने, “पूर्वमाओवादी केन्द्रले पाउने हो भने त्यहाँ भित्र छलफल हुन्छ र व्यक्तिका बारेमा टुङ्गो उनीहरूले लगाउँछन्, पूर्वएमालेले पाउने हो भने एमालेभित्रका हिजो दाबी गर्दै आएका, आज दाबी गरिरहेकाहरू एक ठाउँमा बसेर टुंग्याउन सकिन्छ ।”

पूर्वएमालेका सचिवालय सदस्य ईश्वर पोखरेल रक्षामन्त्रीको भूमिकामा रहेकाले समय दिन नभ्याउने तर्फ सङ्केत गर्दै उनले बाँकी दाबेदारहरू बसेर निष्कर्षमा पुग्ने बताएका छन् ।

“यसो गर्दा मात्रै पार्टीको जिम्मेवारीको न्यायपूर्ण वितरण हुन्छ,” भुसालको तर्क थियो । स्कुल विभागमा दाबेदारी बढ्दै गएपछि उत्तरार्द्धतिर पुगेको नेकपाको एकता अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्