Logo

दुई चार जनाको रहरले क्रान्ति हुँदैन : अध्यक्ष प्रचण्ड



Spread the love

 

१३ साउन, काठमाडौँ l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले जनता र राष्ट्रलाई प्रेम गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक स्थानमा एकतावद्ध भएर यो व्यवस्थाको सुरक्षा गर्नुपर्ने बताए ।

आज अध्यक्ष निवास खुमलटारमा विप्लव समूहको साथ परित्याग गरी नेकपामा भित्रिने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताएका छन् । उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरूविरूद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन्, यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदा सम्म आफूहरू कोही पनि कमजोर नहुने प्रचण्डको भनाइ थियो । अध्यक्ष दाहालले भने, ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ दुई चार जनाको रहरले क्रान्ति नहुने अध्यक्ष प्रचण्डले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्