Logo

प्रतिनिधिसभाको बैकठमा प्रतिपक्षी दलहरूको नाराबाजी



Spread the love

१३ साउन, काठमाडौँ l नेपाली काँग्रेस र राजपाका सांसदहरूले प्रतिनिधिसभाको बैकठमा अवरोध गरेका छन् । सर्लाहीमा भएको दुई हत्या भनिएको घटनालाई लिएर काँग्रेस र राजपाले अवरोध गरेका हुन् ।

उनीहरूले ‘संसदीय सर्वोच्चता कायम गर’ भन्दै नाराबाजी गरेका हुन् । सभामुख कृष्णबहादुर महराले ‘संसदीय सर्वोच्चता कायम गर्न आसन ग्रहणका लागि’ आग्रह गरेता पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

बैठकको सुरुमै उभिएर विरोध जनाएका उनीहरू सभामुखले कार्यसूची अगाडि बढाउने भन्दै शून्य समयको कार्यसूची अघि बढाएपछि सांसदहरूले रोष्ट्रम अगाडि आएर नाराबाजी गरेका हुन् ।

सभामुख महराले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएको भन्दै बस्नका लागि आग्रह गरेता पनि सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनले भने, ‘थाक्नुभयो होला । आसनमा बस्नुहोला l ‘ तर अवरोध भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस्