Logo

विप्लपसँग नेकपा भित्रिने कि सिद्धिनेबाहेक अर्को विकल्प छैन : अध्यक्ष प्रचण्ड



Spread the love

१३ साउन, काठमाडौँ l पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए स्वयं संसारकै हिरो बन्ने बताएका छन् ।

आज बिहान खुमलटारस्थित निवासमा विप्लप समूहका परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई स्वागत गर्दै उनले आफूलाई हेग लिएर झुन्ड्याउने रे भन्ने कुरा सुनेको बताए ।

उनले भने, ‘अहिले प्रतिक्रियावादीहरू नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी नेताहरूलाई बदनाम गर्न र सिध्याउन लागेका छन् । षडयन्त्र र प्रचार बढी भएका छन् l एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गर्नुभयो । मलाई हेग लगे पनि केही फरक पर्दैन । त्यो त मेरा लागि गर्वको कुरा हुन्थ्यो । किनकि विश्वभरका मानिसले एकै साथ चिन्थे । यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे । म विश्वभर हिरो हुन्थें ।’

तर कसैले पनि स्वयंलाई हेग लैजान्छन् भन्नेमा विश्वास नभएको अध्यक्षले बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन- यिनीहरूले मलाई हेग लैजान्छन् ।’

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहुन्जेल हेग मात्र नभई विश्वको जुनसुकै कुनामा लगेता पनि केही फरक नपर्ने तर देशमा अहिलेको व्यवस्था नै नरहे भने देश नै खतरामा पर्ने अध्यक्ष प्रचण्डले बताए ।

विप्लव समूहका परित्याग गरी नेकपामा आएकाहरूलाई स्वागत गर्दै उनले दुई-चार जनाका कुराले क्रान्ति नहुने भएकाले नेत्र विक्रम चन्द ‘विप्लव’ पनि ढिलो चाँडो नेकपामा मिसिन आउने बताएका छन् । उनले भने, ‘कि यहाँ आउने कि सिद्धिनेबाहेक उहाँसँग अर्को विकल्प छैन l ‘

प्रतिक्रिया दिनुहोस्