Logo

पाललाई पेस्तोल तेर्स्याउनेको स्केच बनिसक्यो, प्रहरीले अपराधी खोज्दैछ : गृहमन्त्री थापा



Spread the love

१३ साउन, काठमाडौँ l सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याउनेको ‘स्केच’ बनिसकेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

गृहमन्त्री थापाले राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमायस्तो बताएका हुन् । उनले भने, ‘‘सांसद पालले दिएको हुलियाका आधारमा स्केच बनिसक्यो । प्रहरीले अपराधी खोज्दैछ ।’’

२०७५ साउन १५ गते बेलुका नेकपा सांसद निरुदेवी पाललाई अज्ञात समूहले पेस्तोल देखाएको उनले जानकारी दिएकी थिइन् । उक्त घटनाका आधारमा प्रहरीका विभिन्न निकायसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान गरेको थियो ।

दूध किनेर कोठामा फर्कँदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साइएको भन्दै सांसद पालले भोलिपल्ट मात्र संसदीय समितिमा खुलासा गरेकी थिइन् ।

उनले संसदीय समितिमा भनिन, ‘‘म दूध किन्न बजार गएकी थिएँ । घर फर्कँदा अपरिचित व्यक्तिले बाटो छेके र मेरो कञ्चटमा पेस्तोल तेर्साउँदै भोलिको बैठकमा नजानू । बैठकमा गए ‘तेरो बाउ खड्गे’ ले पनि तँलाई जोगाउन सक्दैन भन्दै मेरो मोबाइल पनि लग्यो l ” उनले सो घटना घटेको राति भने प्रहरीलाई खबर गरेकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्