Logo

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु



Spread the love

१३ साउन, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । उक्त सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

स्कुल विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक बारम्बार स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राख्ने कि अर्का सचिवालय सदस्य ईश्वर पोखरेललाई राख्ने भन्ने कुरा नमिल्नका कारण नै सचिवालय बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।

उक्त विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्की समेतको जिकिर छ । सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल लगायत सबैजसो विभागमा सहमति भएता पनि निर्णय हुन भने बाँकी छ ।

आज बालुवाटारमा बसेको बैठकले भने पार्टीका विभिन्न ३३ विभागको टुङ्गो लगाउने भएको छ । यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज मात्र तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्