Logo

फिट रहनका लागि अपनाउनुहोस् यी फर्मुला



Spread the love

के तपाईँ चाहनुहुन्छ आफ्नो शरीर फिट राख्न ? यदि वास्तवमै चाहनुहुन्छ भने आफ्नो दैनिक जीवनमा अपनाउने गर्नुहोस् l यी प्रयासहरू जसले गर्दा तपाइको शरीर फिट र तन्दुरुस्त रहन सक्दछ l

पोस्ट एक्सरसाइज
पोस्ट एक्सरसाइज भन्नाले व्यायाम पछि गरिने सामान्य व्यायाम हो । जसमा दौडने र साइक्लिङ गर्नु पर्दछ । व्यायामपछि केही मिनेट पोस्ट एक्सरसाइज गर्दा शरीर लचिलो हुने गर्दछ ।

नियमित पुशअप
यदि तपाईँ नियमित पुशअप गर्नुहुन्छ भने, छाती तथा फोक्सो बलियो हुनका साथै शरीरको आकार पनि राम्रो हुन्छ । त्यसैले ३० देखि ६० सेकेन्ड सम्म पुशअप गर्ने बानी बसाल्नुपर्दछ l

एरोविक्स
शारीरिक रूपले फिट रहनका लागि योगासनका साथ केही व्यायाम गर्न सकिन्छ । यसमध्ये पनि एरोविक्स यस्तो व्यायाम हो, जसले फिट राख्नका साथै खुसी पनि बनाउँदछ । यसबाट एकतर्फ मनोरञ्जन हुन्छ भने अर्कोतिर शरीरको बोसो घट्छ । बिहानको समय एक घण्टा एरोबिक्स गर्नु उपयुक्त हुन्छ ।

भेज खाना खाने
यो सत्य हो नन्भेज खानामा पोषक तत्त्व बढी हुन्छ तर यस सँगसँगै बोसोको मात्रा पनि बढी हुने भएकाले यसका विपरीत सागसब्जी खानाले वजन चाँडै घट्ने हुन्छ । त्यसैले आफ्नो खान्कीमा सबै किसिमको गेडागुडी, दाल एवं हरियो सागसब्जी बढी राख्न आवश्यक छ ।

पर्याप्त निद्रा पुर्‍याउने
निद्रा कम पर्नु वा नलाग्नु वा लाग्न नदिनु पनि वजन बढ्नुको एउटा कारण हो । निन्द्रा कम भएमा तनाव महसुस हुने हुन्छ । तनाव भएको अवस्थामा हार्मोनले शरीरमा अत्यधिक पानी बढाउने हुन्छ । जसले गर्दा वजन बढ्छ । उक्त कारण फिट रहनका लागि पर्याप्त निद्रा पुर्‍याउन जरुरी छ l

घरको खाना खाने बानी बसालौं
फिट रहनका लागि स्वस्थ खाना खानु आवश्यक हुन्छ । घरको खाना स्वच्छ एवं स्वस्थकर हुने भएकाले बाहिरका खानाको तुलनामा घरको खाना नै खानु नै राम्रो हो । घरको खानामा आफूले चाहेको मात्रामा तेल राख्न सकिन्छ । होटलको खानामा क्यालोरीको मात्रा बढी हुने हुन्छ । धेरै चिल्लो खानाले रोग निम्त्याउनुका साथै मोटाउने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्