Logo

४७ वटा खालि स्थानका लागि मंसिरमा उपचुनाव हुने



Spread the love

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा खालि रहेका ४७ वटा स्थानका लागि आउँदो मङ्सिरभित्रै चुनाव गर्ने तयारी भईरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आज साढे ११ बजे देखि बसेको  बैठकमा निर्वाचन आयोगमा दर्ता भएका १८ दलका प्रतिनिधिहरुलाई उपस्थित गराइएको छ । आजै चुनावको मिति तोक्ने विषयमा छलफल गरिने छ ।

आयोगका अनुसार प्रतिनिधि सभामा १, प्रदेश सभामा ३, र स्थानीय तहमा ४ प्रमुख र १ उपप्रमुख सहित देशका ३८ वटा वडा अध्यक्षविहिन छन् । दलहरुका कुरा सुनेपछि सरकारलाई  उपचुनावको मितिका लागि प्रस्ताव गर्ने आयुक्त थपलियाले बताए।

मितिकै विषयका लागि आयोगले आज सर्वदलीय बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्