Logo

प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको मन्त्री विष्टको दाबी



Spread the love

१६ साउन, काठमाडौँ l प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको दाबी श्रम तथा रोजगार मन्त्रालयले गरेको छ । मन्त्रालयमा आज सञ्चालन पत्रकार सम्मेलनमा सहभागिता जनाउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सफल भएको दाबी गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको सो कार्यक्रम अन्तरगत पहिलो वर्ष नै १ लाख ७५ हजार ९०९ जनालाई जम्मा २२ लाख ६९ हजार २६९ दिन रोजगारी मिलेको मन्त्रालयले जनाएको छ ।

मन्त्री विष्टले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ७५३ वटै स्थानीय तहबाट कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना सञ्चालन गरेका थियौँ l यस क्रममा २ अर्ब ३६ करोड ८९ लाख ६९ हजार बजेट स्थानीय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गरेका थियौँ । हरेक स्थानीय तहमा पाँच लाख कम नहुने गरी अधिकतम् एक करोड नबढ्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत परिचालित बजेटले प्रतिव्यक्ति औसत १३ दिनसम्मका रोजगारी दिएको भेटिएको छ ।’

मन्त्रालयका अनुसार ७५३ स्थानीय तहमध्ये ५९९ ले हालसम्मको प्रगति विवरण पठाए सकेका साथै यसक्रममा स्थानीय तहमा ६ हजार ८ सय ६४ वटा आयोजना पनि निर्माण भएको दाबी गरिएको छ ।

 सकारले उक्त कार्यक्रमका नाममा झार उखेल्न र मकै गोड्न आफ्ना कार्यकर्तालाई अर्बौँ रकम वितरण गरेको आरोप लागिरहेका बखतमा मन्त्रालयले सो पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्