Logo

रहिनन् भारतकी सुषमा, आज हुँदै अन्तीम संस्कार, यस्तो लेखेकी थिइन् अन्तीम ट्वीट



Spread the love

काठमाडौँ, २२ साउन । पूर्व विदेश मन्त्री अथवा दिल्ली की पहिली महिला मुख्यमन्त्री समेत बनेकी सुषमा स्वराजको ६७ वर्षको उमेरमा मङ्गलवार राती हृदयघातका कारण ज्यान गएको छ । स्रोतका अनुसार राती ९:३५ बजे अचेतावस्थामा एम्स अस्पतालमा ल्याइएको थियो । राती १०:५० बजे उन्को ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

सुषमाको स्वास्थ्य अवस्था ठिक नभएको सूचना पाउने बित्तिकै केंद्रीय स्वास्थ्य मन्त्री हर्ष वर्धन, परिवाहन मन्त्री नितिन गडकरी, रक्षा मन्त्री राजनाथ सिंह समेत भाजपाका धेरै नेता अस्पताल पुगेका थिए । सुषमाको मृत्यु भएको खबर सुनेपछी प्रधानमन्त्री नरेन्द्र मोदी पनि त्यहाँ पुगेका थिए । अबेर राती सम्म एम्स अस्पतालको इमरजेन्सी कक्ष बाहिर मानिसको ठुलो भिड जम्मा भएको थियो ।

उनको पार्थिव देह अन्तीम दर्शनका लागी बुधवार दिउसो १२ देखी ३ बजेसम्म भाजपा मुख्यालयमा राखिनेछ । त्यसपछि लोधी रोड शवदाह गृहमा अन्तीम संस्कार हुनेछ ।

सोसल मिडियामा लोकप्रिय रहेकी सुषमा अन्तीम दिनसम्म पनि ट्वीटरमा सक्रिय थिइन । निधन हुनुइभन्दा करिब तीन घण्टा पहिला अनुच्छेद ३७० र जम्मू-कश्मीर पुनर्गठन बिलमा संसद्को मोहर लाग्ने बित्तिकै उनले अन्तीम ट्वीट गरेकी थिइन । उनले राती ७:२३ बजेको ट्वीटमा लेखिन ‘प्रधानमन्त्री जी, हजुरलाई हार्दिक अभिनन्दन । म जीवनभर यही दिन देख्ने प्रतीक्षा गरिरहेकी थिए ।

प्रतिक्रिया दिनुहोस्