Logo

सिङ्गापुरबाट प्रधानमन्त्री ओली शुक्रवार फर्किँदै



Spread the love

२३ साउन, काठमाडौँ l उपचारको सिलसिलामा सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सकिएको छ । सिंगापुर स्थित नेशनल युनिर्सिटी हस्पिटलमा चेकजाँचपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको रिपोर्ट आएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीज्यूको नियमित चेकजाँच सकिएको छ र उहाँ भोलि स्वदेश फर्किँदै हुनुहुन्छ l’ साउन १८ गते प्रधानमन्त्री ओली ९ सदस्यीय टोली सहित सिङ्गापुर गएका थिए ।

सरकारले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण र सिङ्गापुर बसाइँका क्रममा लागेको खर्च नव्यहोर्ने जानकारी गराइसकेको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुर जानुअघि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्