Logo

पूर्वराजा शाहलाई भेटेको भए पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर : रक्षामन्त्री पोखरेल



Spread the love

२४ साउन, काठमाडौँ l उपप्रधान तथा रक्षा मन्त्री ईश्‍वर पोख्रेलले स्वयंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको कुरा पुष्टि गरेर देखाउन सञ्चारमाध्यमलाई चुनौती दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री समेत रहेका पोखरेलले गए राति ट्वीट गर्दै आफूले पूर्वराजा शाहलाई भेटेको कुरा पुष्टि गर्न चुनौती दिएका हुन् ।

मन्त्री पोखरेलले ट्वीटमा भनेका छन्, ‘निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठुला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर !’

प्रतिक्रिया दिनुहोस्