Logo

काठमाडौँको बिजेश्वरीमा गोली चल्यो, दुई जना पक्राउ



Spread the love

२४ साउन, काठमाडौँ l काठमाडौँस्थित स्वयम्भू नजिक बिजेश्वरीमा गोली चलेको छ । उक्त गोली महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपराधी समूहलाई समात्ने क्रममा चलाएको हो ।

चलेको गोलीबाट लोप्साङ भनिने निलम लामा घाइते भएका छन् भने निलमसँगै अमृत तामाङ पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

स्वयम्भू विजेश्वरीस्थित विजेश्वरी हाउजिङको झिँगु क्याफेमा बसिरहेका लामालाई पक्राउ गर्न प्रहरी सो स्थानमा पुगेका थिए तर प्रहरी माथि नै झम्टिन थालेपछि गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए l

उनीहरूले विभिन्न व्यक्तिलाई धम्क्याएर ठुलो रकम माग्ने कार्य गरेको कारण महाशाखामा उजुरी परेका थिए l सोही आधारमा अपराधीलाई पक्राउ गरिएको डीआईजी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्