Logo

राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरूलाई मन्त्री पोखरेलको आग्रह



Spread the love

२७ साउन, काठमाडौँ । मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दाबी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

मन्त्री पोखरेलले युवाहरूलाई पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन आह्वान गरे ।

आज काठमाडौँमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पोखरेलले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको स्पष्ट पार्दै त्यसका लागि युवाहरूले पनि सक्रियतापूर्वक योगदान पुर्याउनुपर्ने उनको भनाई छ ।

सरकारले मुलुकको समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिए । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरूलाई आग्रह गरे ।

मुलुकको समृद्धिका लागि युवाहरूले आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले अब कामै गरेर देखाउनुपर्ने आवश्यकता रहेको पनि बताए । सरकार युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न लागि परेको दाबी पनि मन्त्री विश्वकर्माले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्