Logo

सांसद यादवलाई राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह



Spread the love

२८ साउन, काठमाडौँ l समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ l

सभामुख कृष्णबहादुर महरा समक्ष सप्तरी क्षेत्र नम्बर १ बाट तत्कालीन सङ्घीय समाजवादी पार्टीको उम्मेदवार भई निर्वाचित भएका यादवले राजीनामाको निवेदन दिएका थिए ।

सभामुख समक्ष सांसद यादवको राजीनामा आएको तर स्वीकृत हुन् नसकेको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए l समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियासँग सभामुख महराले यादवको राजीनामाका बारेमा छलफल गरेका छन् ।

डा.यादवलाई समाजवादी पार्टीका प्रमुख सचेतक अरगरियाले राजीनामा फिर्ता लिनका लागि आग्रह गरिएको बताए l उनले राजीनामा स्वीकृतिका लागि पार्टीले सभामुखलाई पत्र नपठाएकाले अझै पनि राजीनामा फिर्ता हुने सम्भावना रहेको बताएका छन् l

सांसद यादवले स्वास्थ्यका कारण राजीनामा दिएता पनि पार्टीले फिर्ता नलिन आग्रह गरिरहेको बताउँदै एक पटक चिकित्सकको रिपोर्ट हेरे पश्चात् पार्टीले थप निर्णय गर्ने पनि अरगरियाले बताए ।

प्रतिक्रिया दिनुहोस्