Logo

नेकपा स्कुल विभागमा रक्षामन्त्री पोखरेल



Spread the love

३१ साउन, काठमाडौँ l नेकपाको सचिवालय बैठकले विभिन्न ३३ विभागको नेतृत्व टुङ्गो लगाएको छ । लामो समयदेखि विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् ।

नेकपा स्कुल विभागमा सचिवालय सदस्य पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका थिए ।

तीन दिनदेखि लगातार स्थगित हुँदै आएको नेकपा सचिवालयको बैठक आज बिहान ११ बजेपछि बसेको थियो । हिजोको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली सिङ्गापुरबाट फर्किएपछि पटक पटक बैठक स्थगित भएको थियो । यसअघि पनि साउन २८ र २९ गते बोलाइएको बैठक स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्