Logo

स्वास्थ्यबारे प्रधानमन्त्रीले भने- अब २०–२५ वर्ष केही हुँदैन



Spread the love

३१ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वस्थ भएको बताएका छन् । आज बालुवाटारमा गृहजिल्ला झापाका जनप्रतिनिधि तथा पार्टी कार्यकर्ताहरुसँग भेटेका प्रधानमन्त्री ओलीले स्वयं तन्दुरुस्त रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक अस्वस्थ भएपछि बिहीबार निर्धारित नेकपाको केन्द्रीय सचिवालय बैठक सरेको थियो । सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि धेरैले सो कुरामा चासो व्यक्त गरे । तर प्रधानमन्त्री ओलीले आज झापाका कार्यकर्तासँग भेटेका छन् l

उनले भने, ‘म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन l हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ तर, बाहिर त हाँगा हालेर खबर आए ।’ गत साता सिंगापुरबाट पुरै शरीर परिक्षण गरेर आएको भन्दै उनले भने, ‘अब २०–२५ वर्ष केही हुँदैन भनेका छन् डाक्टरहरुले । त्यसकारण म विरामी होइन ।’

प्रतिक्रिया दिनुहोस्