Logo

केन्द्रीय प्रसारणबाट मैथिली भाषा नहटाउन सांसद नेपालीको आग्रह



Spread the love

६ भदौं, काठमाडौँ l राष्ट्रियसभाका सांसद खेमराज नेपालीले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट मैथिली भाषाको सामग्री हटाएको भन्दै विरोध गरेका छन् ।

राष्ट्रियसभाको आज बसेको बैठकमा सहभागिता जनाउँदै सांसद नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

सांसद नेपालीले भने, ‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निराश भएका छन् ।’

वि.स. २०४९ सालदेखि दैनिक पाँच समाचार र साप्ताहिक एक घण्टा नियमित कार्यक्रम प्रसारण हुँदै आएको थियो । नेपालीपछि सबैभन्दा बढी बोलिने भाषा मैथिली हो l राष्ट्रिय जनगणना २०६८ अनुसार ३० लाख ९२ हजार ५सय ३० जनाले मैथिली भाषा बोल्छन् l

प्रतिक्रिया दिनुहोस्