Logo

सरकारी वकिलको कार्यालयमा लामिछानेसहित तीनै जना विरुद्ध मुद्दाको फाइल पेस



Spread the love

८ भदौं, काठमाडौँ l न्युज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जना विरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको छ l

आज जिल्ला प्रहरी कार्यालय, चितवनले तिनै जनामाथि छानबिन गरेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको हो l प्रहरीले सञ्चारकर्मी शालिकराम पुडासैनीको मृत्यु प्रकरणको छानबिन गर्न कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर छानबिन गर्दै आएको छ ।

अब तिनै जना विरुद्ध थुनछेक बहस हुनेछ । बहस पश्चात् उनीहरूलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

गत साउन २० गते चितवनको भरतपुर नगरपालिका १ स्थित होटेल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए । झुण्डिनुअधि उनले आफूलाई लामिछाने, कँडेल र कार्कीले आत्महत्या गर्न बाध्य बनाएको भिडियो सन्देश छाडेका थिए ।

सोही सन्देशका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको थियो । तर, लामिछानेका समर्थकहरूले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्