Logo

सत्तरी वर्ष माथिकालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन छलफल : पर्यटनमन्त्री भट्टराई



Spread the love

९ भदौं, काठमाडौँ l ७० वर्ष माथिका वृद्धवृद्धाका लागि आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् l

मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहभागिता जनाउँदै पर्यटनमन्त्री भट्टराईले सो कुरा बताएका हुन् l उनले भने, “७० वर्ष माथिका वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिन वायुसेवा कम्पनीसँग छलफल गरिने छ l”

मन्त्रालयले सम्माननीय बाहेकका उच्च पदस्थ पदाधिकारीलाई विमानसम्मै सवारी लैजानसमेत प्रतिबन्ध लगाउने तयारी गरेको मन्त्री भट्टराईले बताएका छन् l

सो व्यवस्था लागू भएमा विमानसम्मै सवारी साधन लैजान राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, र राष्ट्रियसभा तथा प्रतिनिधिसभाका अध्यक्षले मात्र पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्