Logo

नेपालमा पहिलो पटक भिडियाे कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक



Spread the love

९ भदौं, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाटै भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद् बैठक बोलाएका छन् । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भिडियो कन्फ्रेन्सबाट बैठक बसेको जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीको ट्वीटरमा भनिएको छ, “प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु । आज पहिलो चोटि सिङ्गापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई पनि धन्यवाद ।”

प्रतिक्रिया दिनुहोस्