Logo

जनताले भोगेको समस्याबारे धरै पटक बोलियो तर सुनुवाइ भएन : सांसद केसी



Spread the love

१० भदौं, काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राजन केसीले शून्य समयमा उठाएका प्रश्नको सुनुवाइ नहुने भन्दै सभामुख कृष्णबहादुर महराले दिएको एक मिनेट समयमा मौन बस्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सहभागिता जनाउँदै शून्य समयमा बोलेका सांसद केसीले भने, ‘शून्य समयमा आमनागरिकले भोगेको समस्याबारे धेरै पटक बोलियो । कहीँकतैबाट सुनुवाइ भएन । रेकर्ड होस् सभामुख महोदय, म मौन बस्छु ।’

प्रतिक्रिया दिनुहोस्