Logo

सरकार वा पार्टीलाई कमजोर बनाउने गरी नबोल्न प्रवक्ता श्रेष्ठको आग्रह



Spread the love

१० भदौं, काठमाडौँ l सरकार वा पार्टीलाई कमजोर बनाउने गरी नबोल्न अनुरोध नेकपाका प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन् l सोमबारको निर्णयबारे सङ्केत गर्दै प्रवक्ता श्रेष्ठले सचिवालयको निर्णयलाई सही रूपमा बुझ्न आग्रह गरे ।

नेकपाका जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रूपमै नेताका विरुद्ध उत्रन थालेपछि नेकपाले अनुशासनका कडाइ गर्नका साथै पार्टीका नेताको आलोचना गर्न पनि निषेध गरेको छ ।

सोमबारको निर्णयमै जोड दिँदै प्रवक्ता श्रेष्ठले आज ट्विट गरेका छन्, “पार्टीको निर्णयलाई सही रूपमा बुझौँ । कुनै पनि कमरेडको व्यक्तिगत टिका टिप्पणी सार्वजनिक रूपमा नगरौँ । नेताहरूलाई मात्र छुट होइन । पार्टीभित्र गरौँ । पार्टी र सरकारलाई कमजोर वा असफल पार्ने नियतले केही नगरौँ । तर वैचारिक, नीतिगत विषयमा सार्वजनिक छलफल वा आलोचनात्मक टिप्पणी गर्न सकिन्छ, गरौँ ।”

प्रतिक्रिया दिनुहोस्