Logo

संसदलाई छलेर सरकार अघि बढ्यो : नेता रिजाल



Spread the love
 

११ भदौं, काठमाडौँ l नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अहिलेको सरकार पूर्ण असफल हुने दाबी गरेका छन् ।

आज काठमाडौँमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रममा सहभागिता जनाउँदै सरकार आफू असफल भएसँगै लोकतान्त्रिक मूल्य मान्यता पनि सिध्याउने चिन्ता रहेको नेता रिजालले बताए ।

सिङ्गापुरबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक गर्नुलाई आफ्नै मन्त्रिपरिषदप्रति विश्वास नभएको नेता रिजालको तर्क थियो ।

नेता रिजालले भने, “रहरले देश चल्दैन । मन्त्रिपरिषदको बैठक भिडियो कन्फरेन्सबाट गर्नु रहर हो ।” कार्यावाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् डाक्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै नेता रिजालले भने, “प्रधानमन्त्रीलाई म बाहेक अरूबाट हुँदैन भन्ने भ्रम छ । मेरो विकल्प छैन भन्ने उहाँको मानसिकता छ ।”

सरकारसँग सङ्ख्याको शक्ति भएता पनि सङ्ख्यासँग डराएको आरोप लगाउँदै संसदलाई छलेर सरकार अघि बढेको तर्क नेता रिजालको थियो l

नेता रिजालले राष्ट्रिय मानवअधिकार आयोगलाई स्वतन्त्र निकायलाई महान्यायाधिवक्ताको कार्यालयको मातहत ल्याउन खोजिएको प्रति आपत्ति जनाउँदै मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले स्वतन्त्र प्रेसलाई कुन्ठित गर्ने उनको भनाइ थियो ।

सरकारले रुझाएको व्यक्ति मिडिया काउन्सिलको पदाधिकारी बनाउने र हटाउन पाउने प्रावधान राखिएको प्रति पनि नेता रिजालले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्