Logo

मुख्यमन्त्री शाहीले भने-“सङ्घीय कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखियो”



Spread the love

११ भदौं, भक्तपुर । डेढ वर्षसम्म पनि सङ्घीय कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखिएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

आज भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागिता जनाउँदै मुलुक संघीयतामा प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्री शाहीले कर सम्बन्धमा पनि तीन सरकारबीच समस्या देखिएको बताए l कर प्रणालीबारे संविधानमै उल्लेख भएको बताउँदै मुख्यमन्त्री शाहीले एकल कर र साझा करबारे व्यवहारमा तीनै तहका सरकारबीच समस्या देखिएको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले कर्मचारी समायोजनपछि कर्णाली प्रदेश समस्यामा रहेको भन्दै प्रदेश सरकारलाई कर्मचारीको अभाव परिपूर्तिको गर्ने व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्