Logo

राजाको पक्षमा नारा लागेकोमा सांसद स्नेहीको आपत्ति



Spread the love

१२ भदौं, काठमाडौँ l रवि लामिछाने समर्थकको भीडमा राजाको पक्षमा पनि नारा लागेकोमा राष्ट्रिय सभाका सांसद चक्रप्रसाद स्नेहीले आपत्ति जनाएका छन् l

आजको राष्ट्रिय सभाको बैठकमा सहभागिता जनाउँदै सांसद स्नेहीले उक्त नारामा राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत गालीगलौज गरिएको उल्लेख गर्दै उनले भने, ‘भीडमा राजा आऊ देश बचाऊ र हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा बढी घन्किएको छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई गालीगलौज गर्ने काम भएको छ ।’

पार्टीका अध्यक्ष विरुद्ध अशिष्ट भाषा प्रयोग भएकोले यस विषयमा सरकारको ध्यानाकर्षणसमेत सांसद स्नेहीले गराएका छन् l उनले भने, ‘पार्टीका नेता तथा अध्यक्षमाथि अशिष्ट भाषा प्रयोग गरेका छन् । कानुनी राज्य भएकोले यसको विषयमा सरकारले सोचोस् ।’

प्रतिक्रिया दिनुहोस्