Logo

अर्थमन्त्री खतिवडाले भने-“कर नतिर्ने र राजश्व छल्नेलाई कानुनी दायरामा ल्याउँछौं”



Spread the love

१३ भदौं, काठमाडौँ l कर नतिर्ने र राजश्व छल्नेलाई पनि कानुनी दायरामा ल्याउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

आज नेपालले गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर र चुनौती’ विषय कार्यक्रममा सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले बदनियत तरिकाले कर छलेको र राजश्व चुहावट गरेको भए सजाय दिइने बताएका हुन् l

साथै नेपाली नागरिकबाट उठाएको करको दुरुपयोग गर्ने पनि सजायको भागीदार हुने बताएका छन् । सरकारका संयन्त्रहरूबाट झन्झट र प्रशासनबाट अनावश्यक दुःख दिने काम भएको भए सरकारले सच्याउने पनि अर्थमन्त्री खतिवडाले बताए l

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी, व्यापारीले ढुक्क भएर लगानी गर्ने अवस्था नरहेको बताउँदै करले जनतामा नैरश्यता बढाएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्