Logo

शितलनिवासमा दुई राजदूतले लिए पद तथा गोपनीयताको सपथ



Spread the love
 

१५ भदौं, काठमाडाैं l आज शितलनिवासमा बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नेपाल राजदूत डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच नवनियुक्त मिश्र र भारद्वाजले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस्