Logo

झुटो हल्लाको पछि नलाग्न मन्त्री अर्यालको आग्रह



Spread the love

१५ भदौं, काठमाडौँ l सरकारले गुण्डागर्दी गरी विकासमा बाधक बन्नेलाई निस्तेज पार्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भूमि पद्माकुमारी अर्यालले बताएकी छन् ।

मन्त्री अर्यालले भनिन्, ‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ l’

उपकार बचत तथा ऋण सहकारी संस्थाले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तीज प्रतियोगितामा सहभागिता जनाउँदै मन्त्री अर्यालले काम नगर्ने ठेकदारको दिन समाप्त भएको बताउँदै विकासका लागि जनप्रतिनिधि साझा भएको उनको भनाइ छ ।

सरकार जनताको सकारात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्नसमेत मन्त्री अर्यालले आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्