Logo

प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्कने



Spread the love

१६ भदौं, काठमाडौँ l स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार स्वदेश फर्किने भएका छन् ।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको टेलिफोन कुराकानीमा शुक्रवार स्वदेश फर्किने जानकारी दिएका हुन् l

उपनेता नेम्वाङले भने, ‘मैले स्वास्थ्य कस्तो छ भनेर सोधेँ,ठिक छ । राम्रो भइराखेको छ र २० गते फर्कन्छु भन्नुभयो l’ सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे जिज्ञासासमेत प्रधानमन्त्री ओलीले राखेको उपनेता नेम्वाङले बताए ।

उनले भने, ‘मैले प्रतिपक्षसँग कुरा भइराखेको छु भनेँ, साथै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगमा नियुक्तिका विषयमा सिफारिस कमिटीमा कुराकानी भइरहेको जानकारी गराएँ ।’

संसद्मा रहेका विधेयकहरूको विषयमा समेत प्रधानमन्त्री ओलीले चासो राखेका थिए l उपनेता नेम्वाङले भने, ‘उहाँले विधेयकहरूबारे चासो व्यक्त गर्नुभयो, मैले प्रतिपक्षीसँग छलफल भए अनुसार विधेयकहरू अगाडि बढिरहेको र समितिहरूबाट संशोधनमार्फत् अगाडी बढ्ने जानकारी गराएँ ।’

प्रतिक्रिया दिनुहोस्