Logo

विमानस्थलमा दाग लागेका कर्मचारीलाई नराख्ने : पर्यटनमन्त्री भट्टराई



Spread the love

१६ भदौं, काठमाडौँ l त्रिभुवन विमानस्थलमा अनुशासन पालना नगर्ने कर्मचारीलाई कारबाही गर्न सम्बन्धित निकायलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले निर्देशन दिएका छन् ।

पर्यटनमन्त्री भट्टराईले काम गर्ने थलोमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरूको तस्बिर स्वयंले सङ्कलन गरेको उल्लेख गर्दै त्यस्ता कर्मचारीमाथि कारबाही गर्न विमानस्थलको नेतृत्वलाई कडा निर्देशन दिएका हुन् ।

पर्यटनमन्त्री भट्टराईले कर्मचारीहरूलाई कार्यालयमा मोबाइल फोनमा समेत संवाद नगर्न सचेत गराउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल निकाल्ने चेतावनी पनि दिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले कुनै पनि दाग लागेका कर्मचारीलाई विमानस्थलमा नराख्ने प्रस्ट पारे ।

पर्यटनमन्त्री भट्टराईले विमानस्थललाई व्यवस्थित गर्न सिसी क्यामेरा थप्ने योजना बनाएको सुनाउँदै प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्