Logo

श्रीमानको थरबाट महिलालाई वंशजको नागरिकता दिने परम्पराको अन्त्य गर्नुपर्छ : सांसद गुरुङ



Spread the love

१७ भदौं, काठमाडौँ l श्रीमानको थरबाट श्रीमतीलाई वंशजको नागरिकता दिन नहुने नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले बताएकी छन् l

आजको प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागिता जनाउँदै सांसद गुरुङले रगतको नाता भएकाको सनाखतबाट मात्रै मिल्नुपर्ने वंशजको नागरिकता श्रीमानको सनाखतबाट दिन नहुने बताएकी हुन् l

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सांसद गुरुङले सो कुरा बताउँदै नयाँ राख्न लागिएको व्यवस्थामा आपत्ति जनाएकी हुन् l

सांसद गुरुङले भनिन, ‘कानुनमा व्यवस्था नहुँदा पनि वंशजको नागरिकता श्रीमानको नामबाट, सनाखतबाट दिइने परम्परा रहेछ । यो विभेदकारी परम्परा छ । कानुन विपरीत छ, श्रीमानको नाम र थरबाट महिलालाई वंशजको नागरिकता दिने परम्पराको अन्त्य गर्नुपर्छ ।’

उक्त विधेयकका विवादित विषयमा सहमति बनाउन गठित उपसमितिले तयार पारेको प्रतिवेदनमा पनि सांसद गुरुङले असहमति जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्