Logo

प्रधानमन्त्री ओलीलाई भेट्नका लागि महासचिव पौडेल सिङ्गापुर प्रस्थान



Spread the love

१७ भदौं, काठमाडौँ l नेकपाका महासचिव विष्णु पौडेल आज सिङ्गापुर प्रस्थान गरेका छन् l प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि महासचिव पौडेल सिङ्गापुर प्रस्थान गरेका हुन् l

महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै आउँदो शुक्रवार स्वदेश फर्कने कार्यतालिका छ । गत ५ गते सिङ्गापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री ओलीको सोमबार छैटौँ चरणको प्लाज्मा फेरसिस गरिएको र भोलि अन्तिम चरणको उपचार गरी शुक्रवार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्