Logo

कृषि उत्पादन बढाउन अनुसन्धानको कामलाई अघि बढाउनुपर्छ : मन्त्री खनाल



Spread the love

१७ भदौं, काठमाडौँ l किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले निर्देशन दिएका छन् l

कृषि विज्ञहरूलाई जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन आग्रह गर्दै मन्त्री खनालले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए l

आजदेखि काठमाडौँमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले कृषि उत्पादनमा बढावा दिने गरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिबद्धता पनि प्रकट गरे l

सरकारले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान जोड दिएको पनि मन्त्री खनालले प्रस्ट पारेका छन् l

नेपालमै कृषि बीउबीजनहरुको उत्पादन गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यकता देखिएको पनि मन्त्री खनालले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्