Logo

प्रधानमन्त्री ओली र मन्त्रीहरूबिच आज दोश्रोपटक ‘टेलिप्रिजेन्स’



Spread the love

१७ भदौं, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले आज दोस्रो पटक ‘टेलिप्रिजेन्स’ मार्फत छलफल गरेका छन् ।

दिउँसो १ बजेर १० मिनेटमा सुरु भएको छलफलमा सरकारका कामबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाए l

ट्वीटरमा रिमालले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले सिङ्गापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रो चोटि आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो।’

उक्त छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरूले आफ्नो कामकाबारे अपडेट गराउने जनाएको छ । यस अघि पनि प्रधानमन्त्री ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् पहिलो पटक मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्